PLEASE CLICK LINK BELOW FOR VIDEO
PM\’s LIVE RADIO INTERACTION .part 1..Click..
PM\’s LIVE RADIO INTERACTION part 2…Click..
राष्ट्रपतिद्वारा प्रधानमन्त्री भट्टराईको प्रसंशा
३१ भदौ, काठमाडौँ । राष्ट्रपति डा. रावरण यादवले प्रधानमन्त्री डा.बाबुराम भट्टराईको प्रसंशा गर्नुभएको छ ।
शीतल निवासस्थित राष्ट्रपति भवनमा शनिबार बिहान भएको भेटवार्तामा राष्ट्रपति यादवले प्रशासनिक संयन्त्रको सही परिचालन र जनताका लागि लोकपि्रय कार्यक्रम ल्याएकोमा प्रधानमन्त्री भट्टराईको प्रशंसा गर्नुभएको हो हो । ‘तपाईंले रोल मोडलका रुपमा काम गर्नुभएको छ’, राष्ट्रपतिको भनाइ उद्धृत गर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामरिझन यादवले भन्नुभयो, ‘तपाईंका लोकपि्रय कामहरुबाट म मात्र नभई सिङ्गो राष्ट्रका जनता खुसी छन् ।’ राष्ट्रपतिले प्रधानमन्त्री भट्टराईबाट आफूले धेरै आशा गरेको पनि सो अबसरमा बताउनु भएको सल्लाहकार यादवले अनलाइनखबरलाई जानकारी दिनुभयो । यादवका अनुसार राष्ट्रपतिले प्रधानमन्त्रीलाई भन्नुभएको थियो, ‘तपाईंबाट म धेरै नै आशावादी छु, तपाईंमा जुन विद्धता र गुण छन् तिनलाई जनातको हित र उनीहरुसँग गरिएका प्रतिबद्धता पूरा गर्नमा खर्चनुस् ।’
भेटमा राष्ट्रपतिले आफू मुलुकको अभिभावक र प्रधानमन्त्री भट्टराई कार्यकारी प्रमुख भएकाले आ-आफ्ना पार्टीगत पृष्ठभूमीबाट माथि उठेर जनअपेक्षाअनुरुप राष्ट्रहितमा समर्पित हुनुपर्नेमा जोड दिनुभएको बुझिएको छ । म राष्ट्रपतिका हैसियतमा मुलुकको अभिभावक हुँ, तपाईं कार्यकारी प्रमुख हुनुहुन्छ , हामी पार्टीगत पृष्ठभूमीबाट माथि उठेर काम गरौं’ राष्ट्रपतिको भनाइ उद्धृत गर्दै सल्लाहकार यादवले भन्नुभयो ।’
झण्डै एक घण्टासम्म भएको भेटमा प्रध्ानमन्त्रीले मुलुकको पछिल्लो राजनीतिक अवस्था, शान्तिप्रक्रिया र संविधान निर्माणमा भइरहेका प्रगति, सरकारले घोषणा गरेको राहत प्याकेज र कामकारबाही तथा आफ्नो आसन्न अमेरिका भ्रमणबारे राष्ट्रपतिलाई जानकारी गराउनु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार यादवले जानकारी दिनुभयो । संयुक्त राष्ट्रसंघको ६६औँ महासभामा भाग लिन भट्टराई आगामी २ असोजमा १३ सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै न्यूयोर्क जाने कार्यक्रम छ । गत ११ भदौमा व्यवस्थापिका संसदबाट प्रधानमन्त्री निर्वाचित भएपछि भट्टराईले राष्ट्रपतिसँग छुट्टै भेट गर्नुभएको यो पहिलोपटक हो ।
पीएनएस यूकेको क्षत्रीय समिति गठन
लण्डन । यही ४ सेप्टेम्बर आइतवार प्रगतिशील नेपाली समाज बेलायत (पीएनएस यूके)को नर्थवेष्ट लण्डन क्षेत्रको क्षेत्रीय भेला अल्पर्टन हाउस नर्थवेष्ट कलेजमा सम्पन्न भयो । सो भेलामा केन्द्रीय अध्यक्ष रणबहादुर केसी र संयूक्त मोर्चा यूरोपका अध्यक्ष नविन सापकोटाको विशेष उपस्थिति रहेको थियो । अध्यक्षता केन्द्रीय सदस्य भोला खनाल -बी) र संचालन केन्द्रीय महासचिव प्रकाश शर्माले गर्नुभएको सो भेलामा केन्द्रीय सचिवालय सदस्य सुरेश गौतम, विष्णु त्रिपाठी, ठाकुर शर्मा, केन्द्रीय सदस्य पार्वती पाण्डे, बासुदेव लामिछानेको उपस्थिति थियो ।
भेलामा उपस्थित सबै सदस्यहरुले राख्नुभएको जिज्ञासाको प्रत्युत्तरको साथमा समसामयिक विभिन्न सवालमा अध्यक्ष केसीले आफ्नो विचार प्रस्तुत गर्नु भएको थियो । भर्खरै नेपालमा माथिल्लो कणर्ाली परियोजनाबारेमा भएको विचार गोष्ठीमा सहभागी नविन सापकोटाले त्यस परियोजनाबाट नेपालमा भएको राष्ट्रघातको बारेमा प्रकाश पार्नुका साथै त्यस सम्वन्धी भिडियो क्यासेट समेत वितरण गर्नु भएको थियो । भेलामा विभिन्न प्रस्तावहरुउपर छलफल गरी आवश्यक निर्णयहरु गर्नुका साथै उपस्थित सबैलाई सदस्यता वितरण गरिएको थियो ।
भेलाले ३ सदस्य पछि थप्नेगरी ११ सदस्यीय नर्थवेष्ट लण्डन क्षेत्रीय समिति भोला खनाल -बी)को अध्यक्षतामा गठन गर्यो । समितिमा पूर्ण लक्सम्बा सचिव, ठाकुर शर्मा कोषाध्यक्ष र सदस्यहरुमा- कल्पना बस्नेत, लेखनाथ घिमिरे, रामकृष्ण सिटौला, तिलक पुन र बासुदेव लामिछाने रहनु भएको छ ।

